सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा ११ मा छात्रवृत्ति कोटामा पढ्न चाहनेलाई निवेदन दिन उपमहानगरको आग्रह

२०८१ असार १७, १०:२४ खबर संवाददाता

धनगढीः कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई नगरपालिकामा आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको छ।

धनगढी उपमहानगरपालिकाले आइतवार सूचना जारी गर्दै संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई निवेदन दिन आग्रह गरेको हो। शैक्षिक सत्र २०८१/८२ का लागि धनगढी भित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्न चाहने विद्यार्थीले असार ३० गते दिउँसो ३ बजेसम्म शिक्षा, युवा तथा खेलकुद महाशाखामा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

छात्रवृत्ति छनोटका लागि साउन ५ गते बिहान ११ देखि १२ः३० सम्म परीक्षा हुनेछ। छात्रवृत्तिका लागि खुला समूहका लागि ५५ प्रतिशत र समावेशीतर्फ ४५ प्रतिशत कोटा निर्धारण गरिएको सूचनामा उल्लेख छ। समावेशी कोटातर्फ ४५ प्रतिशतलाई शतप्रतिशत मानी छात्राका लागि ३३ प्रतिशत, दलित १४ प्रतिशत, रानाथारू १३ प्रतिशत, खस आर्य ११ प्रतिशत, आदिवासी जनजाति १० प्रतिशत, पिछडिएको क्षेत्र १० प्रतिशत र अपाङ्गता भएको व्यक्तिका लागि ४ प्रतिशत कोटा छुट्याइएको छ।

कमेन्ट लोड गर्नुस