सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते

। फोटो स्रोत ।
२०७६ जेठ २०, ०४:०४

रोल्पामा शिक्षीकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन्। जिल्लाको रुन्टीगढी गाउँपालिकामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनका कुटाईबाट कक्षा १ देखि ८ सम्म पढ्ने १४ जना विद्यार्थी घाइते भएका हुन्।

पिडित विद्यार्थीहरुका अनुसार विद्यालयमा ढिलोगरी आएको भन्दै आफूहरू लाइन लागेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लठ्ठी प्रहार गरेको थियो। उनिहरु भन्छन्, शिक्षिकाले कुटपिट गर्दा हामीले रोइकराई गर्योँ र पनि  अन्य शिक्षकशिक्षिकाहरु छुट्याउन नआई हेरेर बसेका थिए।

घाइते मध्ये ५ जनाको हातमा गम्भीर चोट लागेकाले पलस्टर गरिएको छ। उनीहरुको दाङ तुलसीपुरमा रहेको सहारा पोलिक्लिनिकमा उपचार भइरहेको छ। एक जनाको कानको जाली फुटेको छ। उनी सहित ८ जना विद्यार्थीको स्थानीय मेडिकलमा उपचार गरिएको छ।

घटना जेठ १२ गते भएको भए पनि वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएका कारण एक हप्तापछि मात्र बाहिर आएको हो। उक्त घटना पीडित पक्षले इलाका प्रहरी कार्यालय होलेरीमा जेठ १९ गते उजुरी दिएपछि बाहिर आएको हो।

विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि उपचारमा पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस