सुदूर नेपाललाई विश्वसँग जोड्दै

बढ्यो पेट्रोल–डिजेलको मूल्य

२०८१ असार १७, ०६:०१ खबर संवाददाता

काठमाडौँ: नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ।

निगमको सूचना अनुसार आज बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ। मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६४ दशमलव ५० कायम गरिएको छ।

त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य रु एक सय ५४ दशमलव ५० कायम गरिएको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६६ कायम भएको छ। डिजेल र मट्टिटेलको मूल्य रु एक सय ५६ कायम भएको छ। तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य एक सय ५७ रुपैयाँ कायम भएको छ।

कमेन्ट लोड गर्नुस