सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा करेन्ट लागेर एक जना गम्भीर घाइते

२०८१ असार १६, ०५:५१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक जना करेन्ट लागेर गम्भीर घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१ का २८ वर्षीय सुप्रिम राना करेन्ट लागेर घाइते भएका हुन्। उनलाई एलनचोकमा तारतान्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

रानाको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था भने गम्भीर रहेको छ।
 

कमेन्ट लोड गर्नुस