सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकि एक युवती ६ दिनदेखि बेपत्ता

२०८१ असार १६, ०५:२५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट एक युवती ६ दिनदेखि बेपत्ता रहेकी छन्। धनगढी–३ कि २२ वर्षीया सुनिता देउवा ६ दिनदेखि  बेपत्ता रहेकी छन्।

धनगढी उपमहानगरपालिका–३ जानकी मन्दिर  टोलस्थित घरबाट असार ११ गते दिउँसो ३ बजे नजिकै रहेको दिदीको घर जान्छु भनेर हिँडेकी सुनिता त्यसपछि भने आजसम्म परिवारको सम्पर्कमा आएकी छैनन्। बेपत्ता भएपछि एकचोटि फोन गरेर पहाड आएको बताएकी उनको त्यसपछि भने आजको दिनसम्म मोबाइल अफ रहेको उनका भाइ निर्मल देउवाले बताए।

प्रहरीमा खोजीका लागि निवेदन दिएर लोकेसन पत्ता लगाउँदा अन्तिम पटक सुनिता लम्कीमा रहेको देखाए पनि त्यसपछि भने मोबाइल अफ रहेकाले लोकेसनसमेत थाहा हुन नसकेको भाइ निर्मले बताए। सुनिताको खोजीकार्यमा सहयोग गरिदिन उनका आफन्तले अनुरोध गरेका छन्।

सुनितालाई भेट्टाएमा नजिकको प्रहरी चौकी या मोबाइल नम्बर ९८४८७९५३६५ नम्बरमा सम्पर्क गरिदिन उनका भाई  निर्मले अनुरोध गरेका छन्।
 

कमेन्ट लोड गर्नुस