सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले विश्वकप जितेको खुसीमा स्टेपिङ स्कुलका विद्यार्थीले बाँडे सिमानाकामा मिठाई

२०८१ असार १६, ०५:२२ खबर संवाददाता

धनगढी: भारतले टि-२० क्रिकेट विश्वकप जितेको उपलक्ष्यमा धनगढीको स्टेपिङ स्टोन स्कुलका खेलाडी विद्यार्थीले गौरीफन्टा नाकामा मिठाई बाडेका छन्। शुक्रवार भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई हराउँदै ट्र्फी उचालेको खुसीमा खेलाडी विद्यार्थीले सिमानाकामा पुगेर खुसियाली मनाएका हुन्। छिमेकी राष्ट्रले १३ वर्षपछि विश्वकप जितेको हो।

छिमेकी राष्ट्रले विश्वकप जित्दा खुसी मनाउन सिमाक्षेत्रमा पुगेर मिठाई वितरण गरेको विद्यालयका सञ्चालक तथा प्रधानाध्यापक रामजी हमालले बताए। स्टेपिङ स्टोन स्कुलका क्रिकेट खेलाडी छात्र-छात्रा र खेल शिक्षकले मिठाई वितरण गरेका हुन्।

कमेन्ट लोड गर्नुस