सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद 

२०८१ असार १५, ०८:५७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

पुनर्वास नगरपालिका–९ चकमेली बजार र गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४६ हजार ७६० मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त स्थानबाट पेय पदार्थ, गुड, कुर्ती, गन्जि, लेडिज टाउजर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस