सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८१ असार १५, ०६:४३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका–५ निसर्ग हस्पिटल नजिक र धनगढी उपमहानगरपालिका–१२ बटौरीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३३ हजार ९१५ मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको प्याज, चिनी, सुर्ती, सरप, पुजाको तेल, आईसक्रिम स्टिक, पानको पात लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।    

कमेन्ट लोड गर्नुस