सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेरुमा ७.२ म्याग्नीच्यूडको भूकम्प

२०८१ असार १४, ०४:५४ खबर संवाददाता

एजेन्सीः पेरुको मध्य तटीय क्षेत्रमा शुक्रवार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ।

युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाएको छ। ‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताएपनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ।

भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध नभएको तर भूकम्पको ठुलो धक्का महसुस गरिएकाले केन्द्रबिन्दु आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ। भूकम्प प्रभावित क्षेत्रको थप विवरण सङ्कलन भइरहेको पेरुका सरकारी अधिकारीहरूले जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस