सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा चार जिपिए ल्याउने ६ जना मात्रै

२०८१ असार १३, ०६:४९ खबर संवाददाता

धनगढीः २०८० को एसइई परीक्षामा सुदूरपश्चिमबाट ६ जना विद्यार्थीले मात्रै ४ जिपिए हासिल गरेका छन्।

४ जिपिए हासिल गर्ने ४ जना कैलालीका र २ जना कञ्चनपुरका हुन। सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षा कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालयकी छात्रा नितिका अवस्थीले सामुदायिक विद्यालयतर्फ सर्वाधिक ४ जिपिए हासिल गरेकी छन्।

गोदावरीकै सैनिक आवासीय महाविद्यालय तेघरीका विकास रावत तथा सत्यवदी एकेडेमीका निर्मल ठगुन्नाले पनि ४ जिपिए हासिल गरेका छन्। यस्तै, टीकापुरको वीरेन्द्र विद्या मन्दिरका हेमन्त साउँदले पनि ४ जिपिए हासिल गरेका छन्। कञ्चनपुरको इन्टरनेशनल स्कुल र कञ्चनजङ्घा इङ्लीस बोर्डिङका एक एक जनाले पनि ४ जिपिए हासिल गरेका छन्। सुदूरपश्चिमका अन्य ७ जिल्लाबाट भने कुनै पनि परीक्षार्थीले ४ जिपिए ल्याउन सकेका छैनन्। 

२०८० चैत १५ देखि २७ गतेसम्म चलेको एसइई परीक्षामा सुदूरपश्चिमका ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएका थिए। सुदूरपश्चिमका ३३ हजार ७४४ जनाको एनजी नतिजा आएको शिक्षा निर्देशनालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस