सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थमन्त्रीद्वारा विनियोजन विधेयक राष्ट्रियसभामा प्रस्तुत

२०८१ असार १३, ०६:०१ रासस

काठमाडौँः अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क)को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन्। बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन्।

आगामी आर्थिक वर्ष २०८१–८२ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न बाच्छनीय भएकाले विधेयक पेस गर्नुपरेको मन्त्री पुनले बताए।

‘प्रस्तुत विधेयकले सङ्घीय सञ्चिती कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा र कार्यको निम्ति विनियोजन गर्न सक्ने व्यवस्था छ,’ उनले भने, ‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क)को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्दछु।’

यसैगरी राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस