सम्झनामा एसएलसीको नतिजा
धनबहादुर धामी : आज भन्दा करिब १५ वर्ष अगाडी २०६६ असार अन्तिम हप्ता तिरको कुरो हो, त्यो बेला अहिलेको जस्ता खासै सामाजिक सञ्जालको विकासको भएको थिएन्। त्यो बेला सञ्चारमा भरपर्दा माध्यम रेडियो र टेलिभिजन मात्र थिए।
हामीहरू त्यतिबेला कक्षा १० को साविकको एसएलसी परीक्षा दिएर नतिजाको प्रतीक्षामा बसिराखेका थियौं। आज या भोलि नतिजा आउँछ भन्ने असार अन्तिम हप्तातिर हल्लाखल्ला थियो। त्यतिबेला गाउँमा खासै एफएम रेडियोले पनि काम गर्दैन्थेँ। त्यँतिबेला रेडियो नेपाल साँझतिर मात्र स्पष्ट बज्थ्यो। एफएम रेडियोहरू गाउँको अग्ला पहाडका टुप्पातिर अलिकति सुनिन्थे।
एसएलसीको नतिजा आज नै प्रकाशित हुने लगभग पक्का भएको थियो। त्यो दिन मैले सानो ‘वाकमिन’ खालको रेडियो लगेर गाउँमाथिको डाडाँमा पुगेँ। रेडियोमा इरेल ताने, लामो तार जोडेर प्रत्येक घण्टाको समाचार सुन्न थाले। नभन्दै रेडियो नेपालले साँझको ७ बजेको समाचारमा साविकको एसएलसीको नतिजा प्रकाशन भएको समाचार पढ्यो।
अब मुटुको हलचल झन बढ्यो के गर्ने ? कसरी हेर्ने ? डर पनि उत्सुकता पनि ?
त्यो डाँडाबाट कुँदेर घर पुँगे। नतिजा प्रकाशित भएको सूचना घरमा सुनाए। अनि मसँगै अध्ययनरत दाजु लाल सिंह धामी र म गाउँबाट तल्लो गाउँ नलाबगर जाने सल्लाह भयो। हामी रातिको ९ बजे नलावर पुग्यौँ।
त्यतिबेला करन सिंह बिस्ट नाताले उहाँ हाम्रा भिनाजु पर्ने होटल ब्यावसायी हुनुहुन्थ्यो। उहाँको सिडिएमए फोन थियो। हामीले उहाँलाइ आग्रह गर्याैँ, नतिजा हेर्न। उहाँले हाम्रो आग्रहलाइ सहज रूपमा स्वीकार गर्नुभयो। हामी नतिजा हेर्न सिडिएमएमा नम्बर थिच्न थाल्यौं। फेरि मनमा भने डर झनझन बढि रहेको थियो। के होला ? के भनेर ?
यसैबिचमा नतिजा हेर्न सोही गाउँका गणेश र केशव भिनाजु पनि सोही पसलमा पुँगे। हामी चारै जना चिन्तामा थियौं। एक आपसमा जिस्किने हामी मौन थियौँ। हामी नतिजा सुन्ने तीव्र इच्छामा थियौँ।
सिडिएमले लाइन व्यस्त भएको कुरा भनि रहेको थियो। पटक÷पटक व्यस्त पश्चात करिब रातिको २ बजेतिर तपाइको सिम्बोल नम्बर, ‘थिच्नुहोस’ भन्यो। हतार हतारमा सिम्बोल नम्बर थिच्यौँ। अन्नत हामी चारै जनालाइ नेपाल टेलिकमले बधाई सुनायो। त्यसपछि हामी सुत्न घर गर्याै। तर, सुत्नै सकेनौँ।