सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत धनगढी ल्याइयो, माया मेट्रोमा उपचार हुँदै

२०८२ चैत्र १७, ०८:४० खबर संवाददाता

धनगढीः दार्चुला जिप दुर्घटनाका घाइते तीन जनाको माया मेट्रोमा उपचार भइरहेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ ओसिलमा भएको जिप दुर्घटनामा घाइते भएका तीन जनाको माया मेट्रोमा उपचार सुरु भएको छ।

आज बिहान ६ जना सवार सिँचाई कार्यालय दार्चुलाले भाडामा प्रयोग गरेको सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जनाको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए । घाइते तीन जना अकबर महरा ,जिप चालक प्रकाश ठगुन्ना र मीनबहादुर पालको माया मेट्रोमा उपचार भइरहेको अस्पतालका पिआर म्यानेजर जगत महताले बताए।  

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको थियो। घाइते तीनै जनालाई हेलिकप्टर मार्फत धनगढी ल्याइएको थियो।

घाइते एक जना बिक्रम महर भने सामान्य रहेका छन्। उनको दार्चुलामै उपचार भईरहेको छ।

कमेन्ट लोड गर्नुस