सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बर्दगोरिया गाउँपालिकाको बजेट ८० करोड

२०८१ असार १०, ०७:२४ खबर संवाददाता

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गाउँपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको हो।

गाउँ सभा अधिवेशन मार्फत उपाध्यक्ष गणेशराज गिरीले ८० करोड एक लाखको अनुमानित बजेट सार्वजनिक गरे।

कुल बजेट मध्ये ३३ करोड ७६ लाख ११ हजार चालुतर्फ, २२ करोड ९६ लाख ५० हजार पुँजीगत तर्फ विनियोजन गरिएको छ। यस्तै २३ करोड ८१ लाख १९ हजार सामाजिक सुरक्षातर्फ विनियोजन गरिएको बजेट वक्तव्यमा भनिएको छ। पालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागी तीन करोड ३६ लाख ६० हजार आन्तरिक आय अनुमान गरेको छ।

यस्तै राजस्व बाँडफाँडबाट १२ करोड २२ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (सङ्घीय सरकार) बाट ३७ करोड २३ लाख ८१ हजार र अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट २ करोड ८० लाख २० हजार प्राप्त हुने उपाध्यक्ष गिरीद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ। पालिकाको मौज्दात (आ.ल्या.) रकम २ करोड छ भने सामाजिक सुरक्षातर्फ २३ करोड ८१ लाख १९ हजार पालिकालाई प्राप्त हुने अनुमान गरिएको छ।

नयाँ आर्थिक वर्षमा पालिकाले सबै भन्दा बढी बजेट सामाजिक विकास तर्फ विनियोजन गरेको छ भने सबै भन्दा कम बजेट सुशासन तर्फ विनियोजन गरेको छ । कुल बजेटको ४९ दशमलव ९८ प्रतिशत अर्थात् २७ करोड सामाजिक विकासतर्फ, कुल बजेटको २७ दशमलव ३७ प्रतिशत अर्थात् १५ करोड ५० लाख कार्यालय सञ्चालन तथा प्रशासनिक विनियोजन गरेको छ भने कुल बजेटको २१ दशमलव ३७ प्रतिशत अर्थात् १२ करोड १२ लाख ६१ हजार पूर्वाधार विकास तर्फ विनियोजन गरिएको छ । यस्तै आर्थिक विकास तर्फ २ दशमलव ६४ प्रतिशत अर्थात् १ करोड ५० लाख र सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ दशमलव ०६ प्रतिशत अर्थात् ६० लाख रुपैयाँ विनियोजन भएको छ।

 

कमेन्ट लोड गर्नुस