सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु

२०८१ असार ९, ०४:१५ खबर संवाददाता

धनगढीः नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु भएको छ।

आइतवार (आज) देखी फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उक्त नेपाल भारत मैत्रीपूर्ण खेल होम एण्ड अवे सिरिज सुरु भएको हो। धनगढी क्रिकेट एकेडेमीको आयोजना र एसपीए कलेजको सहकार्यमा भइरहेको पुरुष टी–२० क्रिकेट नेपाल भारत होम एण्ड अवे सिरिजको उद्घाटन सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले गरेका छन्।

उक्त प्रतियोगिता अन्तरगत अवे सिरिजका ३ खेल भारतमा  सम्पन्न भएका छन्। भारतमा भएका खेलहरूमा डीसीएले हार व्यहोरेको र होम सिरिज अन्तरगत ३ खेल नेपालको क्रिकेटको सहर धनगढीमा खेलाइन लागेको हो। उक्त सिरिजमा नेपालका तर्फबाट धनगढी क्रिकेट एकेडेमी (डीसीए) को टिम र डीएनएस इन्डिया ले मैत्रीपूर्ण खेल खेली रहेको डीसीएका म्यानेजर समुयल न्यौपानेले जानकारी दिए।

नेपाली क्रिकेट जगतमा डीसीएले थालनी गरेको सेतो ड्रेस र रातो बल प्रयोग गर्ने अभियान अन्तरगत रही नेपाल भारत होम एण्ड अवे सिरिजमा  पनि सेतो ड्रेस र रातो बलको प्रयोग गरी खेल खेलाईदैछ। जस अन्तरगतको पहिलो खेल आज सुरु भइसकेको छ भने यो मैत्रीपूर्ण खेल तीन दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस