कञ्चनपुरबाट झण्डै साढे २ लाखको अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट झन्डै साढे २ लाखको अवैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका– १० जिमुवा, र बेलौरी नगरपालिका– ६ भुराकोटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका करिब २ लाख ५७ हजार बिस मूल्य बराबरको ग्यास चुलोको पाईप, कुकरको रवर, बिन्दी,भाइरल चप्पल,रुमाल,गन्जी,अन्डरवेयर,कस्मेटिकको सामान, किरनाको सामान, इन्भटर, ब्याट्री लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।



