सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा महिला कुट्ने चालक विरुद्ध प्रहरीमा मुद्दा दर्ता

२०७६ जेठ १९, ०३:१९ खबर संवाददाता

जल्ला प्रहरी कार्यालय कञ्चनपुरमा चर्को भाडा लिएको बिरोध गर्दा सडकमै महिला कुट्ने सवारी चालकविरुद्ध आज मुद्दा दर्ता भएको छ। शुक्रवार धनगढीबाट महेन्द्रनगर जाने क्रममा भाडा बिवाद हुँदा महिलालाई सडकमै कुटपिट र गाली बेइज्जती गर्ने चालक गोकुल बोहराविरुद्ध कञ्चनपुर प्रहरीमा मुद्दा दर्ता भएको हो। से १ ज १०९४ नम्बर गाडीका चालक बोहराले धनगढीकी लक्ष्मी धनाडीलाई सडकमै गाली गलौज गर्दै कुटपिट गरेका थिए। सँगै यात्रा गरिरहेका बैतडीका दिपेन्द्र चन्द र पीडित धनाडीको संयुक्त उजुरी अनुसार चालक बोहराविरुद्ध मुद्दा दर्ता गरिएको हो।

महिलालाई सार्वजनिक स्थलमै कुटपिट गर्ने बोहराविरुद्ध ‘सार्वजनिक हित शान्ति सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर’मा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त मुद्दा अनुसार पीडकलाई एक वर्षसम्म जेल सजाय र २० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी ब्यवस्था छ।

कमेन्ट लोड गर्नुस