सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुत्केरीको सुरक्षाका लागि ढोकामा हतियार

२०७६ जेठ १९, ०१:१२ प्रकाश सिंह

बाजुराको उत्तरी क्षेत्र र कर्णाली प्रदेशका जिल्लामा सुरक्षाका लागि प्रत्येक सुत्केरी बस्ने गोठको बाहिर हतियार झुण्ड्याउने गरेका छन्। भुतपिचास नलागोस भनेर ढोकामा तरबार, भाला, खुकुरी, बञ्चरो झुण्ड्याउने गरेका छन्। स्वामीकार्तिक खापर गाँउपालिका ५ कि धर्मा बुढाले भनिन्, सुत्केरी भएको एक महिना सम्म आफुहरुको सुरक्षा त्यहि हतियार हुने गरेको बताइन्। 

ढोकामा हतियार छ भने ढुक्क हुन्छौ कुनै डर त्रास नहुने गरेको मनकला नेपालीले बताइन्। उनले भनिन्, छुई हुन्छ भनेर घरका अरुको कोही गोठमा आउदैनन्, बस्न बच्चा र आफु मात्र हुने गरको छौ, आफुहरुको सुरक्षा त्यहि हतियार हुने गरेको छ। गाँउमा स्वास्थ्य चेतना दिदा गएपछि भुइतलाको गोठ बाहिर हतियार झुण्ड्याएको छ भने पक्कै पनि त्यहाँ भित्र सुत्केरी बसेको हुन्छन्, सुत्केरी गोठ भित्र भएको संकेत हतियार बाट पनि थाहा हुने रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमि प्रेमकला मल्लले बताईन। हतियार भएपछि भुत नआउने रुढिवादी मान्यताका कारणले राख्ने गरेका छन्।

सुत्केरी भएपछि हतियार अनिवार्य झुण्ड्याउनु पर्छ, नभए आमा र बच्चालाइ राक्षस लाग्ने गरेको जगन्नाथ गाँउपालिका १ गोत्रिकि नन्दा बुढाले बताइन्। पहिला पहिला त बन्दुक नै झुण्ड्याउने गरेका थिए, बन्दुक सबै जिल्ला प्रहरी कार्यलयमा बुझाएपछि हतियार झुण्ड्याउने गरेको उनले बताइन्। बाजुराका पुर्वउत्तरी क्षेत्रका अधिकांश महिलाहरु सुत्केरी भएको बेला गोरु गोठमा बस्ने गरेका छन्।

यो क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाँउपालिका र बुढिन्नदा नगरपालिका सुत्केरी महिला गोठमा बस्ने गरेको स्वास्थ्यकर्मीले वताएका छन्। त्यो सँगै कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा गरी ५ वटा जिल्ला महिलाहरु गोरु बान्ने गोठ बच्चा जन्माउछन् र त्यहि गोठमा एक महिना सम्म गोठमा बस्ने गरेको रुगिन स्वास्थ्य चौकीका अहेब धन बहादुर फडेराले बताएका छन्।

कर्णालीका ५ वटा जिल्लामा त ८० प्रतिशत महिला गोठमा बच्चा जन्माउछन्, त्यहि गोठमा एक महिना सम्म गोठमा राख्ने गरेको फडेराले बताए। गोठमा बस्दा आमा र बच्चा लाई बिभिन्न रोग सक्रमण हुने र शिशु मृत्युदर पनि निकै उच्च रहेको उनको भनाई छ।
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस