सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु

२०८१ असार ७, ०१:५१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–७ काङ्ला पुलस्थित खोलामा डुबेर सोही ठाउँ बस्ने ४३ वर्षीय दिल बहादुर रैकालको बिहीबार राति मृत्यु भएको छ। खोलामा पिसाब फेर्न गएका बेला एक्कासि खोलामा ढलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस