सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पेस्तोलसहित १८ वर्षीय एक किशोर पक्राउ

२०८१ असार ६, ०५:४२ खबर संवाददाता

बाजुराः बाजुरामा पेस्तोलसहित एक किशोर पक्राउ परेका छन्।

जिल्लाको त्रिवेणी नगरपालिका–८ कालापानीका १८ वर्षीय कुबेर गिरी पेस्तोलसहित पक्राउ परेका हुन्। गाउँमा झै–झगडा गर्ने र साथमा पेस्तोल समेत बोकेर समाजमा अशान्ती फैलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराले उनलाई पक्राउ गरेको हो।

घरमा लुकाई राखेको अवस्थामा एक थान पेस्तोलसहित गिरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनलाई जिल्ला अदालत बाजुराबाट हातहतियार तथा खरखजाना मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस