सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाले हतियार र गोलाबारुद उपलब्ध नगराएकोमा इजरायल असन्तुष्ट

२०८१ असार ५, १०:३१

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुलाई हतियार र गोलाबारुद उपलब्ध नगराएको भन्दै अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनि नेतृत्वको प्रशासनले इजरायलका लागि आवश्यक हतियार र गोला बारुद उपलब्ध नगराएकोमा असन्तुष्टि व्यक्त गरेको बीबीसीले जनाएको छ। नेतान्याहुले युद्धको सुरुवातदेखि नै अमेरिकाले दिएको समर्थनलाई आफूले कदर गरेको तर पछिल्लो समय अमेरिकाले इजरायलमा हातहतियार र गोलाबारुद पठाउन ढिलाई गरेकोप्रति असन्तुष्टि रहेको बताए।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा उनले इजरायल अमेरिकाको सबैभन्दा नजिकको मित्र रहेको र अहिले इरानसँग लडिरहेको बताएका छन्। ब्लिन्केनले हातहतियारबारेको अवरोधलाई हटाउन काम गरिरहेको र छिटै समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ।

बाइडेन प्रशासनले गाजामा सर्वसाधारणको हत्याप्रति चिन्ता व्यक्त गर्दै गएको मे महिनादेखि हतियारको आपूर्तिमा ढिलाइ गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस