सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँचथर हत्याकाण्ड : सीताको सम्पुर्ण जिम्मा प्रदेश सरकारले लियो

। फोटो स्रोत ।
२०७६ जेठ १८, ०७:४४

पाँचथर हत्याकाण्डमा भागेर ज्यान जोगाएकी बालिकाको जिम्मा प्रदेश सरकारले लिएको छ। मिक्लाजुङ गाउँपालिका–३ की १२ वर्षीया सीता खजुमको जिम्मा प्रदेश नम्बर १ ले लिएको हो। गत जेठ ६ गते राति २ परीवारका ९ जनाको हत्या भएकोमा सीता भने भागेर बच्न सफल भएकी थिइन्।
प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा सीतालाई शिक्षा तथा पालनपोषणका लागि प्रदेश सरकारले जिम्मा लिइएको जनाएको छ। उनलाई  सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा अवस्थित शहिद स्मृति आवासीय विद्यालयको कक्षा–९ मा भर्ना गरिएको प्रदेश सांसद सीता थेबेले जनाकारी दिइन्।

कमेन्ट लोड गर्नुस