कञ्चनपुरबाट लागुऔषधसहित एक किशोर पक्राउ
२०८१ असार ५, ०७:३६
कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट सोहि ठाउँका १८ वर्षिय किशोर पक्राउ परेको हुन। उनलाई ०.०६ ग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस