सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

२०८१ असार ३, ०४:३६ खबर संवाददाता

एजेन्सीः भारतमा सोमवार एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’को पछाडिको भागमा ठोक्किएको र कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी र रेलवे अधिकारीले बताएका छन्।

दार्जिलिङ जिल्लाको फाँसीदेवा इलाकामा कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो। भारतको पश्चिम बङ्गाल राज्यमा भएको यो घटना भारतको रेल नेटवर्कमा परेको पछिल्लो घटना हो।

भारतीय रेलवे बोर्डका अध्यक्ष जया वर्मा सिन्हाले विज्ञप्ति जारी गर्दै करिब ५० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिएका छन्। मृत्यु हुनेमा चालक, सहचालक, रेलका गार्ड र पाँच जना यात्रु रहेको उनले पुष्टि गरे।
 

कमेन्ट लोड गर्नुस