सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पुरुष बेपत्ता पारेको आरोपमा शिक्षिका पक्राउ

२०८१ असार ३, ११:२० खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपािलका–६ मा एक पुरुषलाई बेपत्ता पारेको आरोपमा शिक्षिका पक्राउ परेकी छिन्।

पाटन नगरपालिका–६ बस्ने ५१ वर्षीय बिरभान सिह बिष्टलाई बेपत्ता पारेकोे आरोपमा इलाका प्रहरी कार्यालय पाटनले शिक्षिका ३६ वर्षीया भागरथी बिष्टलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ। भागरथीलाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेपनि अहिले सम्म केही नखुलेको बैतडी प्रहरीले जनाएको छ।

बिरभान शनिवारदखि परिवारको सम्पर्कमा नआएकाले खोजिका लागि उनका भाई खडक बिष्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएको बैतडी प्रहरीले जनाएको छ। प्रहरीले आज बिहान ६ बजेबाट सुरक्षाकर्मी प्ररिचालन गरेर खोजी गरीरहेको छ। 

कमेन्ट लोड गर्नुस