सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुख र राष्ट्रिय सभा अध्यक्षले बोलाए बैठक

२०८१ असार ३, ०९:४० खबर संवाददाता

काठमाडौँ: संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल गर्न प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सरोकारवालासँग छलफल गर्ने भएका छन्। 

बैठकमा छलफलका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसहितको बैठक बोलाइएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। बैठक राज्यव्यवस्था समितिको हलमा बस्नेछ । सेवा सुविधाको मागसहित केही समययता संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन्।

कमेन्ट लोड गर्नुस