सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी 

२०८१ असार ३, ०७:४० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ।

लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतवार आगलागी भएको हो। आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस