सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको बिहारमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

२०८१ असार २, ०८:०६ खबर संवाददाता

एजेन्सीः भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतवार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा पल्टिएको छ।

अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो। दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल छन्।

बारहका एसडिएम शुभम कुमारले भने, ‘यहाँ एउटा सानो डुङ्गा पल्टिएको थियो। डुङ्गामा १७ जना सवार थिए, तीमध्ये ११ जना सकुशल छन् भने छ जना बेपत्ता भएका छन्।’

कमेन्ट लोड गर्नुस