सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खोलामा डुबेर एक युवकको मृत्यु

२०८१ असार २, ०५:०९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको बेलौरी नगरपालिका–४ का २५ वर्षीय लक्ष्मण रेग्मीको शनिवार साँझ मृत्यु भएको हो। उनको बेदकोट नगरपालिका–६ अवस्थित बछेला खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

डुबेर बेपत्ता भएका रेग्मीलाई प्रहरी चौकी सुडा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारेको हो।
 

कमेन्ट लोड गर्नुस