सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते, धनगढीमा उपचार हुँदै

२०८१ असार २, ०२:४५ खबर संवाददाता

धनगढीः बैतडीमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते भएकी छन्।

जिल्लाको सिगास गाउँपालिकास्थित भूवनेश्वरी माविका प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले कक्षा ९ मा अध्ययनरत छात्रालाई कुटपिट गरेका हुन्। ती छात्रालाई डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। उनको थप उपचारका लागि धनगढी पठाइएको छ।

शौचालय जाँदा प्रधानाध्यापक धामीले कुटेर छोरी संगीता घाइते भएको उनका ठूलबुबा जगदिश धामीले बताए। उनका अनुसार सरले कक्षा कोठामा पनि कुटपिट गरेपछि घाइते छोरीलाई डडेल्धुरा हुँदै अहिले मायामेट्रो अस्पताल धनगढीमा उपचार गर्न ल्याएको बताए।

प्रधानाध्यापकले उपचार खर्च दिने भनेका छन। जिल्ला प्रहरी कार्यालय बैतडीले यस विषयमा प्रहरीमा लिखित उजुरी नपरेको बताएको छ। लिखित रुपमा उजुरी नपरेपनि घटनाको विषयमा अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस