सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलिय, डिजेल र मट्टितेलको मूल्य घट्यो

२०८१ असार १, ०९:१८ खबर संवाददाता

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एकले घटाएको हो। निगम सञ्चालक समितिको शनिवारको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो।

निगमले घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ। मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत धनगढी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्जमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एक सय ६५ मूल्य कायम भएको छ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत रु एक सय ५१ र तेस्रो वर्गअन्तर्गत रु एक ५२ मूल्य कायम गरिएको निगमले जनाएको छ।May be an image of text

कमेन्ट लोड गर्नुस