सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक कार्यका लागि धनगढी ग्यालरी

ब्लड क्यान्सरबाट पीडित दिपेन्द्र साउँदका ६ बर्षीय छोरा रोशन
ब्लड क्यान्सरबाट पीडित दिपेन्द्र साउँदका ६ बर्षीय छोरा रोशन
२०७६ जेठ १८, ०३:५८ नवराज पनेरु

धनगढीको नोभा अस्पतालमा उपचार गराउँदै आएका कञ्चनपुरका रामवहादुर हमाललाई शनिवार बिहान ओ पोजेटिभ रगतको आवश्कयता थियो। त्यस्को जानकारी केहि समय यता सामाजिक सञ्जालमा सक्रिय ग्रुप ‘धनगढी ग्यालरीमा गराईएको थियो।’ त्यस्को केहि समयमै ओ पोजेटिभ रगत दिने रक्तदाता भेटिए ग्रुपकै सदस्य गौरव पाठक। पाठकले रगत दिएपछि अहिले हमालको स्वास्थ्य अवस्थामा सुधार आउन थालेको छ। डोटीका दिपेन्द्र साउँदका ६ बर्षीय छोरा रोशन साउँद ब्लड क्यान्सरबाट पीडित छन्। ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका साउँदको उपचारमा पनि अहिले धनगढी ग्यालरीले सहयोग संकलन अभियान सञ्चालन गरेको छ। केहि समय अगाडी धनगढी ग्यालरीकै आयोजनामा धनगढीमा सरसफाई कार्यक्रमको समेत आयोजना भएको थियो। 

अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा छ। युवाहरु फेसवुककै कारण धेरै अपराधिक गतिविधिमा पनि सक्रिय भएका छन्। तर सुदूरपश्चिमका कतिपय युवाहरु भने धनगढी ग्यालरीमा सदस्य बनेर समाजिक कार्यमा सक्रिय हुन थालेका हुन्।
विभिन्न सामाजिक कार्यमा युवाहरुको सहभागिता बढाउँन, सरकारी निकायका काममा निगरानी राख्न, खवरदारी गर्न र दिनदुखीलाई सहयोग गर्नका लागि स्थापना गरिएको ग्रुप हो ‘धनगढी ग्यालरी’। ग्रुपका प्रवन्धक जिएस भण्डारीले निस्वार्थ रुपमा युवाहरुलाई सामाजिक कार्यमा सक्रिय गराउने उद्येश्यले ग्रुप स्थापना गरिएको बताए। ‘कुनैपनि सकारात्मक सन्देश दिने खालका विभिन्न कार्यहरु गर्नको लागि समूह बनाएका हौँ।’ उनले भने। 

अहिले सुदूरपश्चिमभरी नै सक्रिय युवाहरुको खोजी भईरहेको ग्रुपकै अर्का प्रवन्धक चक्र खडायतले बताए। उनले भने– ‘पहाडी ७ जिल्लामा पनि सामाजिक कार्य गर्न खोज्ने, सामाजिक कार्यमा सक्रिय युवाहरुलाई ग्रुपमा आवद्ध गराउँदै अन्य जिल्लामा पनि सामाजिक कार्य गर्ने, सरकारी निकायको काममा निगरानी राख्ने र खवरदारी गर्ने योजना रहेको छ।’ छोटो समयमै तीन हजार बढि सदस्य आवद्ध भईसकेको धनगढी ग्यालरीमा भण्डारी, खडायतसंगै धनगढीकै नाष्ट कलेजमा अध्ययनरथ संगिता कुँवर पनि प्रवन्ध(एडमिन) छन्। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस