सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

२०८१ जेठ ३१, ०५:३४ खबर संवाददाता

पाल्पा: पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप दुर्घटना भएको छ।

जीप बुधवार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीया आशा श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए। 

घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीया चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीया लक्ष्मीता श्रेष्ठ घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जिप ओरोलो घुम्ती सडकमा दुर्घटना भएको छ। उनिहरु घुम्नको लागि पाल्पा र रुपन्देहीको पायक पर्ने स्थल नुवाकोटगढी घुम्न गएका थिए।

कमेन्ट लोड गर्नुस