सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा देखियो मानिसमा ’बर्ड फ्लू’को संक्रमण

२०८१ जेठ ३०, ०५:३६ रासस

एजेन्सीः पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ।

भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो। पहिलो सन् २०१९मा पुष्टि गरिएको थियो। सङ्क्रमित बच्चा भने निको भई अस्पतालबाट डिस्चार्ज भइसकेको छ।

पश्चिम बङ्गालमा एभियन इन्फ्लुएन्जा भाइरसको मानव सङ्क्रमणसम्बन्धी खबर डब्ल्यूएचओका भारतका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन अधिकारीबाट अधिसूचना प्राप्त गरेको डब्ल्यूएचआले प्रेस विज्ञप्तिमा जनाएको छ।
 

कमेन्ट लोड गर्नुस