सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तेलहन बाली उत्पादनमा वृद्धि

२०८१ जेठ २९, ०७:३० खबर संवाददाता

कैलाली : कैलालीमा गत वर्षको तुलनामा यो वर्ष तेलहन बाली उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गरिएकोमा १३ हजार सात सय ९७ मेट्रिकटन उत्पादन भएको थियो। यसवर्ष १४ हजार ६० हेक्टर क्षेत्रफलमा तेलहनबाली खेती गरिएकोमा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले बताए।

गत वर्षको तुलनामा यस वर्ष दुई सय ३५ मेट्रिकटन बढी तेलहन बाली उत्पादन भएको उनले बताए। केन्द्रका अनुसार गत वर्ष भन्दा यस वर्ष १९ हेक्टर बढी क्षेत्रफलमा तेलहन बाली लगाइएको थियो। 

जिल्लामा यसवर्ष तोरी (एकल बाली) छ हजार चार सय १० र तोरी (घुसुवा बाली) सात हजार पाँच सय ६० गरी कूल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। तोरी (एकल बाली) आठ हजार छ सय २० मेट्रिकटन र तोरी (घुसुवा बाली) पाँच हजार तीन सय ४० मेट्रिकटन गरी कूल १३ हजार नौ सय ६० मेट्रिकटन उत्पादन भएको छ।

गत वर्ष १३ हजार नौ सय ५१ हेक्टरमा तोरी खेती गरिएको थियो। यसवर्ष ९० हेक्टर क्षेत्रफलमा आलस खेती गरिएकामा ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस