सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी राजधानी कपको तयारी पुरा: पहिलो खेल पिएफए अत्तरिया र गौरीगंगा बिच हुने

२०७६ जेठ १७, ०६:४४

कैलालीको अत्तरियामा आयोजना हुने गोदावरी राजधानी कपको तयारी पुरा भएको छ। जेठ १८ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय फुटबल प्रतियोगिता वनदेवी युवा क्लवको खेल मैदान तेघरीमा सञ्चालन हुने छ। प्रतियोगितामा १० टीमको सहभागीता रहेको छ। टीमलाई चार समुहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरिएको छ। पहिलो खेल आयोजक पिएफए अत्तरिया र गौरीगंगा स्पार्टस क्लव बिच हुने छ। 
प्रतियोगितामा आयोजक पिएफए अत्तरिया, गौरीगंगा स्पोर्टस क्लव मसुरिया, नेपालगंञ्ज स्पोर्टस क्लव नेपालगंज, सुदुरपश्चिम–११ स्पोर्टस क्लव, मनकामना युवा क्लव जुगेडा, घोडाघोडी युवा क्लव सुख्खड, सुदुरपश्चिमाञ्चल फुटबल एकेडेमी पुर्नवास, वी वाईसी युवा क्लव तेघरी, माउण्ट एभरेष्ट युवा क्लव अत्तरिया, फारवेष्ट पशुपति युवा क्लव धनगढीको सहभागिता रहने छ। 
प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले बताएको छ। प्रतियोगिताको विजेताले चार लाख तथा उप–विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने पिएफए अत्तरियाका अध्यक्ष योगेश भट्टले जानकारी दिए। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५/१५ हजार पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक शिवराज भट्टराईले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस