सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट पाँच लाख बढीको तस्करीको सामान बरामद

२०८१ जेठ २७, ०८:०९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले विभिन्न स्थानबाट पाँच लाख बढीको तस्करीको सामान बरामद गरेको छ।

जिल्लाका विभिन्न स्थानबाट २६ र २७ गते दुई दिनमा पाँच लाख बढीको तस्करीको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख एक हजार २८०, इलाका प्रहरी कार्यालय बेलौरीले तीन लाख एक हजार ७ सय, त्रिभुवनबस्तीले ४३ हजार ४०५ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ।

यस्तै प्रहरी चौकी परासनले पाँच हजार ६१०, प्रहरी चौकी झिलमीलाले सात हजार ४९० र अस्थायी प्रहरी पोष्ट मझगाउँले अन्दाजी ५० हजार मुल्य बराबरको तस्करीको सामान बरामद गरेको जनाएको छ। छ वटै स्थानको गरेर प्रहरीले अन्दाजी पाँच लाख नौँ हजार ४८५ मुल्य बराबरको प्लास्टिक, चिनी, मलखाद, चामल,मैदालगाएत दुई थान मोटरसाइकल समेत निउन्त्रणमा  लिएको छ। 
 
 

कमेन्ट लोड गर्नुस