सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानमा जातीय समूहबीच झडप हुँदा २२ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ १७, ११:५८

दक्षिणी सुडानमा जातीय समूहहरूबीच झडप हुंदा २२ जनाको मृत्यु भएको छ। बिहीबार दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई जातीय समूहका युवाबीच भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको सूचना मन्त्री मिचेल मयौतले पुष्टि गरेका छन्।

दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको दुखाइको विषय बन्दै गएको छ। यसअघि गत मंगलबार पनि झडप भएको थियो, उक्त झडपमा एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए। पटकपटक हुने गरेका यस्ता झडपमा कैयनले ज्यान गुमाइसकेका छन्।

कमेन्ट लोड गर्नुस