सुदूर नेपाललाई विश्वसँग जोड्दै

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

२०८१ जेठ २५, ०१:४३ रासस

धनुषाः मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। उनलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन। 

सिहंले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तयारी छ। सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित हन्। यसअघि उनि २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
 

कमेन्ट लोड गर्नुस