सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने

२०८१ जेठ २४, ०७:१० खबर संवाददाता

काठमाडौँः डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने भएको छ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। शो एपिवान टेलिभिजनमार्फत प्रशारण हुने आयोजक आईडिए स्टुडियोले बताएको छ।

सिजन टु मा सोलो, डुयल, ट्रियो र ग्रुुपमा समेत प्रस्तुति गर्न पाइने बताए। प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिट्टो पावर लगाउनसक्ने व्यवस्था रहेको बताइएको छ। शोको लागि अडिसन राउण्ड सकिसकेको छ। ‘डान्स च्याम्पियन सिजन २’ सिपमा कुनैपनि उमेरकाले सहभागिता जनाउनसक्ने आयोजकले बताएको छ।


 

कमेन्ट लोड गर्नुस