सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक महिलाको घाँटी रेटी हत्या

२०७६ जेठ १७, ०६:३८ डीवि विष्ट

बझाङ–सुर्मा गाँउपालिका वडा नम्बर ४ सुर्मागाँउमा एक महिलाको विभत्स हत्या भएको छ। सुर्मा गाँउपालिका वडा नम्बर ४ का लछिचन्द पुजारकी श्रीमती २५ बर्षिया जुना पुजाराको हसियाले घाँटी रेटी हत्या भएकोे प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसिले बताए। उनको हत्या सुर्मा गाँउपालिका वडा नम्बर ४ कै अन्दाजी ३५ बर्षका लोकेन्द्र पुजाराले गरेको प्रहहरी नायव उपरिक्षक केसिले बताए।

मादक पदार्थ सेवन गरि महिलाको हत्या गरेको बुझिएको उनको भनाई छ। मृतक र हत्या अभियोग लागेका पुजार छिमेकी हुन्। घरायसी विबादका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयलबाट प्रहरी निरिक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको छ। हत्याको आरोप लागेका पुजारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस