बझाङमा टेन्डर हाल्न गएका ६ जना निर्माण व्यवसायी कुटिए
बझाङ जिल्लाको तल्कोट गाउँपालिकामा टेण्टर हाल्न गएका निर्माण व्यवसायी कुटिएका छन्। गाउँपालिकाको कार्यालयमा टेन्डर हाल्न गएका निर्माण व्यवसायी देवराज जोशी लगायत ६ जना कुटिएका हुन्। स्थानीय निर्माण व्यवसायीले टेन्डर कब्जा गर्ने उद्येश्यले युवाहरु परिचालन गरि अन्य टेन्डर हाल्न गएका ठेकदारलाई कुटपिट गरिएको उनको भनाई छ।
टेन्डर हाल्न गएका जोशी सहित गणेश रोकाया, राजन धमेना, भरत रोकाया, बबी खड्का र शेरबहादुर खड्का, लगायत ६ जना निर्माण व्यबसायी कुटपिटबाट घाइते भउका छन्। गाउँपालिकाले तल्कोटको पनाल्तदेखि स्याडासम्म सडक निर्माण, दातोला मेल्बीसौना सिचाई कूलो र हिमालय माबि भवन निर्माणका टेण्डर आह्वान भएको थियो।




