जेठ २३ गते सार्वजनिक बिदा

सरकारले जेठ २३ गते सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ। मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको अवसरमासार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। जेठ २३ गते इदुल फित्र पर्दछ ।

