सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा लोक सभा निर्वाचनको मतगणना शुरू, प्रारम्भिक गणनामा मोदी ६ हजार मतले पछाडि

२०८१ जेठ २२, ०१:००

भारतमा लोक सभा निर्वाचनको मतगणना शुरू भएको छ।

जसमा प्रारम्भिक गणनामा प्रधानमन्त्री नरेन्द्र मोदी बनारस सीटमा ६ हजार मतले पछाडि परेका छन्। मोदीले पाँच हजार २५७ मत पाउँदा कंग्रेसका उम्मेदवार अजय रायले ११ हजार ४८० मत पाएका छन्। प्रारम्भिक गणनामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले अग्रता लिएको छ। लोक सभाका ५४३ सीटमध्ये ५३५ सीटमा मतगणना शुरू भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जसमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सीटमा अग्रता लिएको छ। त्यस्तै, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २१५ सीटमा अग्रता लिएको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको तृणमूल कंग्रेसले १७ सीटमा र अन्य दलले नौ सीटमा अग्रता लिएका छन्। त्यस्तै, भाजपा नेता गृहमन्त्री अमित शाहले गुजरातको गान्धीनगर सीटमा अग्रता लिएका छन्। उनी ३५ हजार मतले अगाडि छन्।

कमेन्ट लोड गर्नुस