सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

२०७६ जेठ १६, ०३:०९

प्रधानमन्त्री केपी शर्मा ओली आज भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन उनी बिहीबार भारत प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको थियो।

भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओेलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी रहने जनाइएको छ। मोदीको सपथ ग्रहण कार्यक्रम आजै साँझ हुने र ओली भोलि स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस