सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिको नाममा नाबालकको हत्या गर्ने झाँक्रि पक्राउ

। फोटो स्रोत ।
२०७६ जेठ १६, ०१:३५

धनुषामा अढाई वर्षीय बालकलाई बलिको नाममा हत्या गर्ने एक जना झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मिथिला नगरपालिका ६ का अढाई वर्षीय बालक समिर साहलाई बलिको नाममा हत्या गर्ने ५५ वर्षीय शत्रुधन महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

धनुषाका प्रहरी प्रमुख शेखर खनालले दिएको जानकारीका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रूपमा ६५ जनासँग बयान लिएको थियो। उक्त बयानको आधारमा धामी झाँक्रीको कला सिक्दै आएका महतोले बालकको बलि सिद्धि प्राप्ति गर्नेे र बलि दिएपछि आफू शक्तिशाली हुने अन्धविश्वासमा हत्या गरिएको खनालले बताए।

महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झन्डै तीन सातापछि बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै उनीमाथि अपहरण शरीर बन्धक राखी हत्या गरेको ज्यानसम्बन्धी मुद्दामा कार्वाही प्रक्रिया बढाइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए।

गत वैशाख २३ गते हराएका  आर्यनको शव वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा फेला परेको थियो।
 

कमेन्ट लोड गर्नुस