हंगेरीमा डुंगा पल्टिँदा ७ जनाको मृत्यु, १९ जना बेपत्ता

हंगेरीमा डुंगा पल्टिँदा ७ जनाको मृत्यु भएको छ। हंगेरीको राजधानी बुडापेस्टको डेन्यूब नदीमा डुंगा पल्टिँदा अन्य १९ जना बेवत्ता भएका छन्। ३३ जना सवार रहेको उक्त डुंगामा केहि दक्षिण कोरियाका पर्यटन रहेको स्थानि सञ्चार माध्यमले जनाएका छन्।
सरकारी अधिकारीका अनुसार सो डुंगालाई अर्काे डुंगाले ठक्कर दिएको र यो दुर्घटना स्थानीय समय अनुसार, रातिको १० बजे भएको हो। डुबेको डुंगालाई हेबलेनी को रुपमा पहिचान गरिएको छ। उक्त डुंगामा ४५ जनाको क्षमता रहेको अधिकारीहरुले जनाएका छन्।
दक्षिण कोरियाको विदेश मन्त्रालयले १९ जना कोरियाली नागरिक हराइरहेको र उद्धारका लागि एक टोली पठाइने बताएको छ। अहिले डेन्यूब नदीमा हराइरहेका मानिसहरुको खोजी कार्य जारी रहेको र डेन्यूब नदीको दक्षिणमा डुंगा पनि नचलेको जनाइएको छ।




