सुदूर नेपाललाई विश्वसँग जोड्दै

हमास नसकिएसम्म गाजा युद्ध अन्त्य हुँदैनः नेतान्याहू

२०८१ जेठ १९, ०६:२३ खबर संवाददाता

एजेन्सीः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासको विनास नभएसम्म गाजा युद्धको अन्त्य नहुने बताएका छन्।

युद्धको अन्त्यका निम्ति इजरायलको अवस्था परिवर्तन नभएको उनले जनाएका छन्। उनले हमासको विनासले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको निश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका छन्। शनिवारै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई गाजामा पूर्ण युद्धविरामका निम्ति नयाँ रोडम्याप प्रस्ताव गरिरहेको बताएका थिए।

उनले युद्धविराम तीन चरणको प्रस्तावमा ६ हप्तादेखि गाजाका सबै क्षेत्रबाट इजरायली सेना फिर्ता हुने उल्लेख गरे। युद्धको अन्त्यसँगै सयाँै प्यालेस्टाइनी कैदीको मुक्तिको बदलामा महिला, वृद्धवृद्धा, घाइतेलगायत धेरै बन्धकको रिहाइ हुने बाइडेनले बताए।

उक्त प्रस्तावमा इजरायल र प्यालेस्टाइनीले स्थायी युद्धविरामका निम्ति ६ हप्तामा वार्ता गर्ने र त्यसक्रममा युद्धविराम जारी रहने बाइडेनले जनाए। हमासले बाइडेनले बनाएको योजनालाई सकारात्मक रूपमा लिएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस