सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आउदै नायक पह शाह

२०८१ जेठ १९, १०:२९ खबर संवाददाता

धनगढी : नायक पल शाह धनगढी आउने भएका छन। उनी सोमवार धनगढी आउने भएका हुन।

चलचित्र पुजार सार्कीको प्रदर्शन भैरहेका बेला उनी धनगढीस्थित एसटीएस सिनेमा हलमा दर्शकसँग भेटघाटका लागि आउने भएका हुन्। उनी जेठ २१ गते बिहान ८ बजेको शोमा धनगढीस्थित हलमा आउने एसटीएस सिनेमाले बताएको छ।

पुजार सार्की रिलिजको दोस्रो हप्ता आफ्ना दर्शकलाई भेट्न धनगढी आउन लागेको शाहले बताएका छन। सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै शाहले आफू र पुजार सार्की टिमलाई माया गर्ने दर्शकलाई भेट्न धनगढीको एसटिएस सिनेमा हलमा आउन लागेको जानकारी गराएका हुन्।

फिल्म रिलिजको पहिलो हप्ता दर्शकलाई भेट्न काठमाडौँ र जपानको टोकियोस्थित विभिन्न फिल्म हलमा पुगेका शाहले फिल्म रिलिजको दोस्रो हप्तासम्म पनि दर्शकमा त्यही उत्साह पाएको बताएका छन।

पल धनगढी आउने भन्ने खबरले सोमवार पुजार सार्की फिल्मका लागि टिकट बुकिङ गर्नेहरु बढेको एसटिएस सिनेमा हलका म्यानेजर योगेन्द्र नायकले बताएका छन। सोमवारका लागि अग्रिम टिकट बुकिङको समेत सुविधा रहेको उनले बताए।

 

कमेन्ट लोड गर्नुस