सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश स्तरीय लोक गायन प्रतियोगिता हुँदै

२०८१ जेठ १८, ०९:०८ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा भोली सुदूरपश्चिम प्रदेश स्तरीय लोक गायन प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र रविन कला केन्द्रको सह–आयोजनामा एक दिवसीय “सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता २०८१” हुने भएकोे हो।

व्यक्तिगत प्रतिभालाई अगाडी बढाउनुको साथै हाम्रो कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको रविन कला केन्द्रका संस्थापक अध्यक्ष रामबहादुर रावलले बताएका छन्। कार्यक्रममा एक जिल्ला बाट एक जना मात्र प्रतिष्पर्धी रहनेछन्।

प्रतियोगितामा प्रथम पुरुस्कार नगद पन्ध्र हजार,द्धितिय हुनेलाई दश हजार र तृतियलाई सात हजार पुरस्कारको व्यवस्था रहेको छ। उक्त प्रतियोगितामा बरिष्ठ कलाकारहरुको उपस्थिति तथा प्रस्तुति र केहि कलाकारहरुको सम्मान रहने पनि बताईएको छ।

यस प्रतियोगिताको निर्णायकको भुमिकामा नरेन्द्र राज रेग्मी, लाल बहादुर धामी(अछामी बड्डो) र सुरत रावत (डोटेलि कान्छा) रहनेभएका छन्। प्रतियोगिता भोली दिउँसो १२ बजेदेखी अत्तरिया स्थीत नमस्ते पार्टी प्यालेसमा हुनेछ।
 

कमेन्ट लोड गर्नुस